×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारत र पाकिस्तानका सेनाबीच नियन्त्रण रेखामा सङ्घर्ष विराम गर्ने विषयमा सहमति

१३ फाल्गुन २०७७

१३ फागुन, एजेन्सी । भारत र पाकिस्तानका सेनाबीच भएको वार्तापछि दुवै पक्ष वास्तविक नियन्त्रण रेखा (एलओसी) र अन्य क्षेत्रमा २४–२५ फेब्रुअरीको मध्यरातिदेखि सङ्घर्ष विराम गर्ने विषयमा सहमति भएको छ ।

भारत र पाकिस्तानको तर्फबाट नियन्त्रण रेखामा लगातार सङ्घर्ष विरामको उल्लङ्घन भइरहेको अवस्थामा दुवै देशको सेनाका डीजीएम (सैन्य अभियानका महानिर्देशक) बीच यस विषयमा कुराकानी भएको हो ।

सङ्घर्ष विरामको उल्लङ्घनका कारण दुवैतर्फको नियन्त्रण रेखा नजिकका गाउँ पूर्णरुपमा प्रभावित भइरहेका थिए ।

दुवै देशका सेनाले एक संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘दुवै पक्षले नियन्त्रण रेखा र अन्य क्षेत्रमा सबै सम्झौता, आपसी समझदारी र सङ्घर्ष विरामलाई २४–२५ फेब्रुअरीको मध्यरातिदेखि कडा रुपमा पालना गर्नेछन् ।’

दुवै देशका सेनाले कुराकानीका क्रममा नियन्त्रण रेखा र अन्य क्षेत्रको परिस्थितिका बारेमा छलफल गरेका छन् । दुवै पक्षका सेनाले हटलाइनको माध्यमबाट कुराकानी गरेका हुन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top