×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारत सितामढीमा फेला परेका बेपत्ता सात युवती तथा बालिकालाई नेपाल ल्याइयो

१९ चैत्र २०७७

१९ चैत, महोत्तरी । महोत्तरीको भङ्गाहबाट एकैसाथ हराएका सात युवती तथा बालिकालाई गएराति नेपाल ल्याइएको छ ।

भङ्गाह नगरपालिकाका मेयर सञ्जिवकुमार साहले दिनुभएको जानकारी अनुसार हिजो भारतको सितामढीमा फेला परेका उनीहरुलाई प्रक्रिया पु¥याएर नेपाल ल्याइएको हो ।

आज थप सोधपुछ र अनुसन्धान गरेपछि परिवारको जिम्मा लगाइने पनि उनले बताए । घटनाको अनुसन्धान गरी दोषी पत्ता लगाउनको लागि सहयोग गर्न उनीहरुलाई मेयर साहको रोहबरमा तत्काल प्रहरीमा नै राख्न परिवारजन सहमत भएको हो ।

​अस्ति मंगलवार घरबाट घाँस काट्न गएका भङ्गाहा नगरपालिका–८ धर्मपुराकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान हराएका थिए ।

भारतको सीतामढी प्रहरीले उद्धार गरेपछि उनीहरुले आफूहरु गायिका बन्न हिँडेको बयान दिएका थिए । उनीहरुलाई बाहिर लैजान कसैको संलग्नता भएको हुन सक्ने आशङ्का गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top