×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भेनेजुयलाको एक कारागारमा झडप, कम्तिमा २९ जनाको मृत्यु

११ जेष्ठ २०७६

भेनेजुयलाको अक्कारिगुवा शहरमा रहेको कारागारमा झडप हुंदा कम्तिमा २९ जनाको मृत्यु भएको छ । घटनामा परि कम्तिमा १९ जना प्रहरी घाईते भएका छन् । बन्दीहरुसंग हतियार रहेको र उनीहरुले ग्रिनेट विष्फोट गराएको प्रहरीले जनाएको छ । उनीहरुले आगन्तुकहरुलाई समेत बन्दी बनाएका थिए ।

ठूलो संख्यामा रहेका बन्दीहरु भाग्ने प्रयास गरेपछि प्रहरीको विशेष बलले उनीहरुलाई रोक्ने प्रयास गरिएको थियो । नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ । २ सय ५० जना अट्ने क्षमता रहेको कारागारमा ५ सय ४० बन्दी रहेका थिए । भेनेजुयलाका कारागारहरुका पछिल्ला केही वर्ष यता हिंसाका घटना बढेका छन् । गत वर्ष मार्चमा एउटा कारागारमा झडप हुंदा ६८ जना बन्दीको मृत्यु भएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top