×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मनाङेलाई जुनसुकै बेला प्रहरीले समात्न सक्ने

८ माघ २०७४

काठमाडौं – जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइले मनाङबाट प्रदेशसभामा विजयी दीपक मनाङे (राजीव गुरुङ) लाई पक्राउ गर्न ताकेता गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

उच्च अदालत पाटनबाट भएको फैसलाअनुरूप तीन वर्ष जेल सजाय भुक्तानका लागि इकाइले आइतबार लगत कसेको हो । जिल्ला अदालतको तहसिल अभिलेखमा जेल सजायको लगत दर्ज गरेपछि मात्र अभियुक्तलाई पक्राउका लागि वैधानिक बाटो खुल्छ ।

स्रोतका अनुसार जेल सजायको लगत कसेलगत्तै आइतबारै प्रहरी प्रधान कार्यालय र अपराध अनुसन्धान ब्युरो (सीआईबी) ले मनाङेलाई पक्रन फैसला कार्यान्वयनमा रहेको रेकर्डसहितको सूचना खिचेको छ । ‘गुरुङका विषयमा तत्कालीन पुनरावेदन अदालतबाट ०६९ सालमै अन्तिम फैसला भइसकेको हो । त्यो अभिलेख हामीकहाँ अहिलेसम्म प्राप्त भएको थिएन । सर्वोच्चको पछिल्लो फैसलापछि मात्र जानकारीमा आयो र आजै लगत कस्यौं’, काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइ प्रमुख ध्रुवकुमार ढकालले भने, ‘जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राखेको दुई वर्ष अवधि कटाएर अभिलेखमा उहाँलाई तीन वर्ष कैद सजाय दर्ज गरिएको छ । कुनै पनि बेला प्रहरीले पक्रेर अदालतमा बुझाउन सक्छ ।’

ढकालले अब यो प्रकरण राज्यको सरोकारको विषय हुने बताए । ‘अब प्रहरीले हामीलाई नसोधीकनै समात्न सक्छ’, उनले भने । पुनरावेदन अदालतबाट भएको फैसलाविरुद्ध सर्वोच्चमा नगएपछि मनाङेका हकमा सोही निर्णय अन्तिम भएको उनले बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top