२९ भदौ, काठमाडौं ।
कृषि सामाग्री कम्पनी लिमिटेडले सम्झौता बमोजिम युरिया मल नल्याउने दुई ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ ।
सम्झौता गरेर ५० हजार मेट्रिक टन मल नल्याउने शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कृषि सामाग्री कम्पनी लिमिटेडले पत्राचार गरेको हो ।
यस वर्ष साउनमा ल्याउनुपर्ने मल समयमा ल्याउन नसकेपछि ती कम्पनीसँगको सम्झौता खारेज भएको थियो । दुवै कम्पनीलाई सार्वजनिक खरिद ऐन बमोजिम कालोसूचीमा राखेर कारबाही गर्नुपर्ने भएकोले कालो सूचीमा राख्न माग गरिएको छ ।
