×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मालदिभ्समा काेराेना संक्रमण बढ्दै, संक्रमितकाे संख्या ६ हजार नाघ्याे

८ भाद्र २०७७

८ भदाै, माले।
दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । राजधानी मालेमा सङ्क्रमितहरुको संख्या छ हजार नाघेको छ । दक्षिण एसियाको सानो टापु देश मालदिभ्समा पनि पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेका जनाइएको हो ।

कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको स्थानीय मिडियाहरुले जनाएका छन् । मालदिभ्सको स्वास्थ्य सुरक्षा निकायका अनुसार संक्रमण हुने व्यक्तिको संख्या ६ हजार ७७९ पुगेको छ ।

संक्रमितमध्ये ४ हजार २२२ जना निको भएर घर फर्किएका छन् । अहिले पनि २ हजार ५३२ जना भने सङ्क्रमित नै रहेका र उपचार गराइरहेका छन् । अधिकारीहरुले बाहिरबाट आएका व्यक्तिहरुबाट कारोना भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको पनि बताएका छन् ।रासस / एएनआई

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top