×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मिडियामाथि अंकुश लगाउने विद्येयक फिर्ता लिन राजपाको माग

३ जेष्ठ २०७६

काठमाडौं, जेठ ३ । राष्ट्रिय जनता पार्टी नेपालले मिडिया काउन्सिलसम्बन्धी विधेयकसहित राष्ट्रिय मानव अधिकार आयोग ऐनको संशोधन विधेयक र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । शुक्रबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले मिडिया काउन्सिलसम्बन्धी विधेयकसहित, ३ वटा विधेयक फिर्ता लिन माग गरेको हो । सरकारको मिडिया काउन्सिलसम्बन्धी विधेयकले प्रेस स्वतन्त्रता हनन् गरी नियन्त्रण गर्न ल्याइएको राजपाले जनाएको छ । त्यस्तै राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकमा प्रधानमन्त्रीले चाहेमा सेना परिचालन गर्न सक्ने व्यवस्था गरिएको र राष्ट्रिय मानव अधिकार ऐनको संशोधन विधेयकमा मानव अधिकारमाथि अंकुश लगाउन खोजिएको राजपाको भनाइ छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top