×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मुम्बईबाट न्यूयोर्क, मस्कट र जेद्दा उड्ने विमानमा बमको धम्की

२८ आश्विन २०८१

२८ असोज, एजेन्सी ।

भारतमा एकै पटक तीन वटा विमानमा बमको चेतावनी आएपछि त्रास फैलिएको छ । मुम्बईबाट अमेरिकाको न्यूयोर्कका लागि उडेको एयर इन्डिया पछि इन्डिगोका विमानमा पनि बमको धम्की आएको छ । भारतीय संचारमाध्यामका अनुशार मुम्बईबाट साउदी अरेबियाको जेद्दा र मस्कटका लागि इन्डिगोका दुई उडानमा बमको धम्की आएको छ ।

सोमबार विमान मुम्बईबाट उडान भर्नासाथ बमको धम्की आएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । यसपछि विमान दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको थियो । सबै यात्रुलाई सकुशल बाहिर निकालिएको र विमानलाई आइसोलेसन बेमा राखेर परीक्षण गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस विषयमा दिल्ली पुलिसले एक बयान पनि जारी गरेको छ। सुरक्षाको कारण देखाउँदै एयर इन्डियाको उडानलाई दिल्ली डाइभर्ट गरिएको प्रहरीले जनाएको छ । विमान हाल इन्धिरा गान्धी विमानस्थलमा छ र यात्रु र चालक दलको सुरक्षा सुनिश्चित गर्न सबै मानक सुरक्षा प्रोटोकलहरू पछ्याइएको दिल्ली प्रहरीले जनाएको छ ।

एयर इन्डियाका प्रवक्ताका अनुसार अक्टोबर १४ मा मुम्बईबाट जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल उडेको उडान AI 119 ले विशेष सुरक्षा सतर्कता प्राप्त गरेको थियो । त्यसपछि सरकारको सुरक्षा नियामक समितिको निर्देशनमा दिल्लीतर्फ मोडियो ।

सबै यात्रु विमानबाट ओर्लिएका छन् र दिल्ली एयरपोर्ट टर्मिनलमा छन्। यस्तै एयर इन्डिया पछि इन्डिगोका विमानमा पनि बमको धम्की आएको छ । यसपछि विमानहरूको निरीक्षण भइरहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

इन्डिगोका प्रवक्ताका अनुसार मुम्बईबाट मस्कट जाँदै गरेको इन्डिगोको फ्लाइट ६ई–१२७५ र मुम्बईबाट जेद्दा जाँदै गरेको इन्डिगोको फ्लाइट ६ई ५६ लाई बमको धम्की आएको थियो । प्रोटोकल अनुसार, विमानलाई छुट्टै स्थानमा सारिएको जनाइएको छ ।

अहिले विमानमा चेकजाँच जारी राखिएको बताइएको छ । सबै विमानका यात्रु सकुशल रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । यसअघि अगस्टमा मुम्बईबाट आएको एयर इन्डियाको विमानमा बमको धम्की आएको थियो ।

विमानको शौचालयमा टिस्यु पेपरमा ‘उडानमा बम छ’ लेखिएको सन्देश भेटिएको थियो । त्यसमा १३५ यात्रु थिए । त्यसपछि पाइलटले एटीसीलाई यसबारे जानकारी दिए । तत्कालै तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण आपतकाल घोषणा गरिएको थियो ।

धम्कीपछि तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सतर्कतामा राखिएको थियो । तर,अनुसन्धानपछि धम्की झुटो साबित भयो । यसअघि पनि धेरै विमानस्थलमा बमको धम्की आएको थियो । लगभग सबै धम्कीहरू नक्कली साबित भएका थिए ।

यसअघि ५ अक्टोबरमा मध्य प्रदेशको इन्दोरस्थित देवी अहिल्या बाई होल्कर अन्तर्राष्ट्रिय विमानस्थलमा बम आक्रमण गर्ने धम्की दिएको इमेल आएको थियो, त्यसपछि प्रहरीले एफआइआर दर्ता गरेको थियो । मेल पठाउनेले देशका अन्य विमानस्थलमा पनि बम बिष्फोट गर्ने धम्की दिएको थियो ।

त्यस्तै, बडोदरा एयरपोर्टमा पनि अक्टोबर ५ मा बमको धम्की आएको इमेल प्राप्त भयो, जसमा विस्तृत खोजी गरिने बताइएको थियो। यसअघि सेप्टेम्बरमा मध्य प्रदेशको जबलपुरबाट तेलंगानाको हैदरावादका लागि इन्डिगोको उडानलाई बमको धम्कीपछि नागपुरतर्फ डाइभर्ट गरिएको थियो।

विमान नागपुरमा अवतरण गरेपछि, सबै यात्रुहरूलाई सकुशल अवतरण गरियो र त्यसपछि अनिवार्य सुरक्षा जाँच गरियो। तर, धम्की अफवाह मात्र सावित भएको थियो । यसअघि पनि धेरै विमानस्थलमा पनि बमको धम्की आएको थियो । लगभग सबै धम्कीहरू नक्कली साबित भएका थिए ।

यसअघि ५ अक्टोबरमा मध्य प्रदेशको इन्दोरस्थित देवी अहिल्या बाई होल्कर अन्तर्राष्ट्रिय विमानस्थललाई विस्फोट गराउने धम्की दिएको इमेल आएको थियो । त्यसपछि प्रहरीले एफआइआर दर्ता गरेको थियो । मेल पठाउनेले देशका अन्य विमानस्थलमा पनि बम बिष्फोट गर्ने धम्की दिएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top