×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मुलुकमा मजदुरहरुले सम्मानका साथ काम गर्ने वातावरण बन्योः प्रधानमन्त्री

१८ बैशाख २०७६

काठमाडौं, बैशाख १८
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि मुलुक एक ढिक्का भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बुधबार १ सय ३० औं अन्तराष्ट्रिय मजदुर दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै राजनीतिक दल, पेसागत संगठन, मजदुर र विभिन्न क्षेत्र एकजुट हुनसकेमात्र मुलुकको विकास र समृद्धि सम्भव हुने धारणा राख्नुभएको छ । प्रधानमन्त्री ओलीले सरकार, रोजगारदाता र श्रमिकबीच त्रिपक्षीय सहमतिबाट बनेको श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न कुनैपनि पक्षले आनाकानी गरे कानुनी रुपमा भएपनि कार्यान्वयन गर्न सरकार बाध्य हुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले मजदुरमाथि अन्याय गरेर समस्याको समाधान खोज्न नहुने भन्दै मुलुकमा उद्योगीले ढुक्क भएर लगानी गर्न र मजदुरले सम्मानका साथ काम गर्ने वातावरण बनेको जिकिर पनि गर्नुभयो ।
कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै त्रिपक्षीय सहमतिविरुद्ध जान कसैलाई पनि छुट नभएको स्पस्ट पार्नुभयो ।
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, राजपा नेपालका नेता राजेन्द्र महतो, उपप्रधानमन्त्री एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतले सम्बोधन गर्नुभएको थियो ।
मजदुर नेताहरुले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक कार्यान्वयन गर्न तत्काल ट्रेड युनियन ऐन परिमार्जन गर्नुपर्नेलगायतका माग गरेका थिए । कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका पूर्वअध्यक्षहरु मुकुन्द न्यौपाने, खिलानाथ दाहाल, विष्णु रिमाल र शालिकग्राम जमरकट्टेललाई सम्मान गरिएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top