×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मेयरकपको उपाधि मेचीनगरको पोल्टामा

४ चैत्र २०७४

इलाम, चैत ४
इलामको करफोकमा जारी प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मेचीनगर नगरपालिका, झापाले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मेचीनगर नगरपालिकाले आयोजक सूर्योदय नगरपालिकालाई ट्राइवेकरका आधारमा ३–० गोल अन्तरले पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

निर्धारित समयमा दुवैतर्फबाट तीन÷तीन गोल गर्दै बराबरी गरेपछि ट्राइवेकरका आधारमा नतिजा लिइएको हो । उपाधिसँगै मेचीनगरले रु एकलाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । त्यस्तै, द्धितीय भएको सूर्योदय नगरपालिकाले रु ७५ हजारसहित मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

इलाम, पाँचथर र झापाका ११ वटा नगरपालिकाका टिमको सहभागिता रहेको प्रतियोगिता सूर्योदय नगरपालिका–१० स्थित करफोक खेलमैदानमा सञ्चालन भएको थियो ।
रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top