×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मेरो सरकार भन्ने शब्द जानीबुझी नै राखिएको हो ः प्रधानमन्त्री

२४ बैशाख २०७६

काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्पतिले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा मेरो सरकार भनेर उच्चारण गर्नुलाई उचित सम्बोधन भएको बताउनुभएको छ ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्द भुलचुकले परेको नभइ सुविचारी ढंगले जानीबुझि राखेको पनि प्रष्ट पार्नुभयो । मेरो सरकार भन्ने शब्दलाई मात्रै ध्यान दिइएको भन्दै यसले पहाड खनेर मुसो पनि ननिस्कने जस्तो कुरा भएको उहाँले उल्लेख गर्नुभयो । सम्माननीय राष्ट्पतिले मेरो सरकार भन्नु कुनै अचम्मको विषय नभई संसारभरको अभ्यास अनुसार नै भएको पनि प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले विगतमा यस्तो नभएको तर विगतका नमिलेका कतिपय कुराहरुलाई मिलाउँदै अघि बढेको भन्दै अन्तरराष्ट्रिय अभ्यास अनुसार नै यस्तो सम्बोधन भएको बताउनुभयो । उहाँले राष्ट्रपति देशकै अभिभावक रहेकाले आफूभन्दा मातहतको सरकारलाई मेरो सरकार भन्नु नाजायज नरहेको स्पष्ट पार्नुभयो । लोकतन्त्रमा मेरो सरकार भन्न पाईँदैन भन्ने नभई लोकतन्त्रमा हामी सबैको सरकार हो भन्न पाउने विधि स्थापित गर्न खोजेको उहाँले बताउनुभयो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top