×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मेलम्चीको पानीः नयाँ महसुल निर्धारण गरिने

१५ चैत्र २०७७

१५ चैत, काठमाडौँ । कुनै प्राविधिक कठिनाइ भएन भने मेलम्चीको पानी सम्भवतः राजधानीका उपभोक्ताको धारामा आइतबार खस्नेछ । अल्झिगए पनि अब धेरै दिन लाग्ने छैन। आयोजनाका अनुसार तयारी पूरा भएको छ।

सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट आइतबारदेखि थोक वितरण प्रणाली हुँदै घरघरमा पानी पुग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए। उनका अनुसार मेलम्चीको पानी केही समय काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल)का पुराना पाइपलाइनबाटै वितरण गरिनेछ।

लम्ची डिजाइन गर्दा उपत्यकामा ५० लाख जनसंख्या पुग्ने अनुमान गरिएको थियो। तर, अहिले ६० लाखभन्दा बढीको बसोबास छ। तापनि, अब दैनिक खानेपानी आपूर्ति प्रतिव्यक्ति सय लिटर हुनेछ।

बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले पानीको महसुल तत्कालका लागि पुरानै रहने बताए। ‘पुरानो सिस्टमबाट मेलम्चीको पानी थपिने हो’, राणाले भने, ‘नयाँ सिस्टमको परीक्षण सकिएपछि नयाँ धाराबाट पनि पानी आउनेछ।’ नयाँ, पुराना दुवै पाइपलाइनबाट पानी आउन थालेपछि मात्रै नयाँ महसुल निर्धारण गरिने राणाको भनाइ छ। सरकारले हालै मात्र महसुल निर्धारण आयोगलाई पूर्णता दिएको छ।

काठमाडौंमा सुरुमा ४ करोडदेखि साढे ६ करोड हुँदै साढे ८ करोड लिटर मेलम्चीको पानी झर्नेछ। वैशाखसम्म मात्रै मेलम्चीको १७ करोड लिटर पानी काठमाडौं आइपुग्नेछ। ‘ट्रायल पनि हुन्छ, पहिलो दिनमै सबै ठाउँमा पानी नआउन सक्छ’, उनले भने।

उपत्यकामा दैनिक ४० करोड लिटरभन्दा बढी माग छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। यो उपत्यकाको मागअनुसार एकतिहाइ हो। उपत्यकामा पूर्णरूपमा पानीको माग धान्न यांग्री र लार्केको पानी ल्याइनेछ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top