×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोटरसाईकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु

११ आश्विन २०७६

११ असोज, इलाम ।
ईलामको ईलाम नगरपालिका–५ छाँगाखोला स्थितमा मोटरसाईकल दुर्घटनामा परेर १ जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ भने १ जना प्रहरी जवान घाईते भएका छन् ।

शनिबार दिउँसो सवा २ बजेको समयमा ईलाम नगरपालिका–२ सुम्बेकमा झगडा भएको खबर प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालय ईलाम दरबन्दी भई अस्थायी प्रहरी बिट बिप्लाटेमा कार्यरत सुनसरीको ईटहरी–१ घर भएका ४७ बर्षिय प्रहरी सहायक निरीक्षक रबि मगर र प्रहरी चौकी जितपुर दरबन्दि भई अस्थायी प्रहरी बिट बिप्लाटेमा कार्यरत सिराहा जिल्लाको पिडरवनी १ घर भएका प्रहरी जवान राम सेवक मोची को १ ब २२८८ नम्बरको मोटरसाईकल लिएर उक्त स्थान तर्फ खटीएर जाने क्रममा पानी बर्षाद तथा कच्ची चिप्लो बाटोको कारण अचानक मोटरसाईकल दुर्घटना भई बाटोबाट अंदाजी ५०÷६० मिटर तल खोलामा खसेको थिए ।

उद्दारको लागी जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीको टोलीले उद्दार पश्चात उपचारको लागी जिल्ला अस्पताल ईलाम पुर्याउनासाथ डाक्टरले प्रहरी सहायक निरीक्षक रबि मगरलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा परेर घाईते भएका प्रहरी जवान राम सेवक मोचीको हाल सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top