×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

म्यान्मारबाट नागरिक विस्थापन रोकिएन

१० जेष्ठ २०७५

याङ्गोन, १० जेठ ः उत्तरी म्यान्माली क्षेत्रमा सेना र जातीय विद्रोहीबीचका झडपहरु जारी नै रहदा यहाँका स्थानीय नागरिक विस्थापित हुने क्रम पनि नरोकिएको अधिकारीहरुको भनाई छ । 

विगतका केही महिनादेखि उक्त क्षेत्रमा यहाँका अल्पसंख्यक मुस्लिम तथा अरु पनि केही स्थानीय अल्पसंख्यक जातीय समुदायका बीचमा विवादहरु चर्किएको समाचारमा जनाइएको छ ।

सेनाले ती उत्तरी क्षेत्रहरुमा अहिले पनि धरपकड जारी नै राखेको र यसका कारण भएको झडपमा हजारौँ सर्वसाधारण स्थानीय नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघीय अधिकारीले बताएका छन् ।

राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का प्रमुख मार्क कट्सले चीनको सीमा क्षेत्र नजिकै रहेको म्यान्मारको कचिन राज्यमा केही महिनायता देखि नै सानातिना झडपहरु भएका छन् र यसले गर्दा उक्त क्षेत्रबाट हजारौँ मानिस विस्थापित भएका छन् भने ।

झडपका घटनाका कारण विस्थापित करिब १६ हजार नागरिक र आन्तरिकरूपमा विस्थापित भएर विभिन्न शिविरमा बसेका ८० हजार गरी उक्त क्षेत्रमा अहिलेसम्म करिब एक लाख सर्वसाधारण विस्थापित भएका छन् ।

स्थानीय संघसंस्थाले दिएको जानकारीअनुसार विद्रोहीको झडप भएका इलाकामा अझै कैयौँ सर्वसाधारण फसेका र मानवीय सहयोगको याचना गरिरहेका छन् ।

कट्सले पछिल्ला झडपका घटनापछि उनीहरूलाई सुरक्षाको अनुभूति दिनुपर्ने अवस्था रहेको र उनीहरु अहिले नै घर फर्किने अवस्था पनि नरहेको धारणा राखे ।

त्यसैगरी राष्ट्रसंघीय आयोग ओसिएचएले प्राप्त प्रतिवेदनमा केही नागरिकसमेत मारिएका भन्ने स्थानीयको दावीलाई भने अझै पुष्टि गरिसकेको छैन । यसबारे सरकारले भने केही बताएको छैन ।

उक्त क्षेत्रमा राष्ट्रसंघीय अधिकारीहरुले पनि काम गरिरहेका छन् । उनीहरुले जातीय विवाद गरी नागरिकलाई धरपकड नगर्न बारम्बार आग्रह गरिएको जनाएका छन् ।

तर यस विषयमा भने सरकारले केही प्रतिक्रिया दिएको छैन । मानवअधिकारवादीले सरकारी सुरक्षा निकायलाई जातीय अधिकारको सम्मान गर्न र धरपकड गर्न आग्रह गरिरहेका छन् ।

त्यस्तै म्यानमारबाटै जबर्जस्ती निकालिएर बङ्गलादेशमा शरणार्थीका रुपमा बस्न बाध्य भएका यहाँको अल्पसंख्यक रोहिंग्या जातिका करिब सात लाख नागरिक पनि अहिलेसम्म स्वदेश फर्किन पाएका छैनन् ।
रासस

 

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top