×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘म अहिले जहाँ छु पत्रकार र प्रेसकै कारण भएको हुँ’:चण्ड

१५ बैशाख २०७६

काठमाडौं, वैशाख १५
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अहिलेको ठाउँसम्म आउनुको श्रेय पत्रकार र प्रेस जगत भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघको केन्द्रीय टोलीसँगको साक्षात्कारमा अध्यक्ष प्रचण्डले प्रेसले विगत माओवादी द्वन्द्वका क्रममा आफूहरुले उठाएका मूलभूत मागलाई जनताका बीचमा र्पुयाउने काममा सकारात्मक र सदैव अग्रणी स्थान दिएकै कारण आफू अहिले शान्ति सम्झौता हुँदै यो स्थितिमा आइपुगेको बताए ।

‘नेपाल कम्युनिस्ट पाटीले उठाएका मुद्दाहरू नागरिक सम्म पुर्याउने कुरामा पत्रकार महासंघले सस्थागत तथा व्यक्तिगत रूपमा र समग्र प्रेसले भूमिका खेलेको नभए म लगायत हामी यहाँ हुने थिएनौँ । साथै, हाम्रो पार्टी यहाँ आउने थिएन । यस अर्थमा म अहिले जहाँ छु पे्रसकै कारण भएको हुँ,’ प्रचण्डले भने ।

‘हामीले धर्म्निरपेक्षता, गणतन्त्र, संविधानसभा, समानुपातिक समावेशीताको मुद्दा उठाउँदा पत्रकार साथीहरूले साथ दिए । पत्रकार महासंघले सुरुआतीका हाम्रा माग अनि हामीले उठाएका संकल्प तथा विषयवस्तुमा सकारात्मक बनिदियो । मिडिया जगत्सँगको लगातार हुने गरेको अर्न्तक्रिया र छलफलले पनि हामीलाई राम्रै मद्दत गर्यो ।’ नेपाल पत्रकार महासंघको टोलीले बुझाएको १६ बुँदे ध्यानाकर्षण बुझ्दै अध्यक्ष प्रचण्डले भने ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका सबालमा सरकार र आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि प्रचण्डले बताए । संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता कुण्ठित नहुने भन्दै प्रचण्डले प्रेस स्वतन्त्रा कुण्ठिन गर्न नहुने गरी कानुन निर्माणमा आफनो भूमिका सदैव सकारात्मक रहने बताएका छन् ।

उनले अहिले जेलनेल तथा अनेकौ दुःख कष्ट भोगेका र सबै हन्डर ठक्कर खाएकाहरूकै सरकार भएकोले प्रेसको पक्षमा सरकार सकारात्मक रहने र पत्रकारको जनजीवीकाको प्रसंग कोट्याउँदै उचित पारिश्रमिक पनि दिने विश्वास दिलाए । उनले संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै अब कानुन बनाउने बेलामा पनि सम्बन्धित सरोकारवालासँग छलफल गरेरै गर्नुपर्ने उनले बताए ।

‘पत्रकार महासंघको तर्फबाट तपाईँहरूले उठाएका कुराहरू जायज छन् ।’ अध्यक्ष प्रचण्डले भने, ‘यो विषयमा पार्टी र सरकारमा छलफल हुन्छ । म पनि प्रधानमन्त्रीलाई यसबारे ध्यानाकर्षण गराउँछु । तपाईंहरूका कुरा सरकार समक्ष र्पुयाउने र सम्भव हुने जति काम गर्न म पनि पहलकदमी लिन्छु ।’ साथै, पत्रकारका साझा मुद्दा पनि समेटिने अनि सानाठूला मिडिया नभनी सबैलाई एकै नजरले हेरिने अध्यक्ष प्रचण्डले बताउँछन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top