×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

युक्रेनमा पश्चिमा सुरक्षा पुटिनलाई मान्य छैन, यस्तो चेतावनी

२१ भाद्र २०८२

२१ भदौ , काठमाण्डौ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विदेशी सेनाको उपस्थितिमा सुरक्षा दिने भनिएको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् । पेरिसमा सम्पन्न शिखर बैठकपछि युक्रेनमा युद्धविराम भएलगत्तै पठाइने भनिएको ‘रिअस्युरेन्स फोर्स’ सम्बन्धी पश्चिमा देशहरुको प्रस्ताव पुटिनले अस्वीकार गरेका हुन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार २६ वटा मित्रराष्ट्रहरूले युद्ध रोकिएलगत्तै भूमि, समुद्र वा हवाई मार्गबाट सुरक्षा बल पठाउने प्रतिबद्धता जनाएको बताएका थिए । तर उनले कुन–कुन देश सहभागी हुने भन्नेबारे खुलाएका छैनन् । पुटिनले सो पहललाई अस्वीकार गर्दै यस्ता विदेशी सैनिकलाई ‘वैध लक्ष्य‘ ठहरिने चेतावनी दिएका छन् ।

उनले भने, ‘अवैध रूपमा युक्रेनमा देखापर्ने कुनै पनि सेना आक्रमणको लक्ष्य हुनेछ।’ रुसको भ्लादिभोस्तोकमा आयोजित इस्टर्न इकोनोमिक फोरममा बोल्दै पुटिनले भने, “यदि युक्रेनमा, विशेषगरी अहिले युद्ध जारी रहेको बेला, कुनै पनि सैनिक परिचालित भए भने हामी उनीहरूलाई वैध निसाना मान्नेछौँ ।”

उनले शान्ति सेना तैनाथ गर्ने विचारलाई अस्वीकार गर्दै भने, “रुसले कुनै पनि अन्तिम शान्ति सम्झौताको पालना गर्नेछ, तर अहिले युद्धको बीचमा विदेशी सैनिकको उपस्थिति सहने छैन ।” अलास्कामा गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर बैठकपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीलाई समेत सहभागी गराएर सम्भावित शान्ति सम्झौता हुने आशा जागेको थियो ।

तर अहिले तत्काल युद्धविराम हुने सम्भावना न्यून देखिएको छ । पुटिनले शुक्रबार पत्रकारहरूसँग भने, ‘म युक्रेनी नेतासँग सम्पर्क गर्न तयार छु, तर खासै अर्थ देख्दिनँ, किनकि मुख्य विषयमा सहमति सम्भव छैन।’ पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पको पहललाई ‘धेरै नै रचनात्मक’ भन्दै प्रशंसा गरे पनि युरोपेली मुलुकहरूको प्रयासलाई ‘युद्धलाई लम्ब्याउने काम’ भनेर आलोचना गरेका छन् ।

यता बेलायत र फ्रान्सको नेतृत्वमा कोएलिसन अफ द विलिङ’ नामक गठबन्धन युद्धविराम भएपछिको सुरक्षाका लागि तयारी गरिरहेको छ । यसअन्तर्गत युक्रेनको सेना बलियो बनाउने र सीमा क्षेत्रमा सुरक्षा गस्ती गर्ने योजना रहेको छ । म्याक्रोनले सुरक्षा बललाई ‘नयाँ ठुलो आक्रमण रोक्नका लागि मात्र’ पठाइने स्पष्ट पारेका छन्।

उनले भने, ‘यो बलको उद्देश्य रुससँग युद्ध गर्ने होइन।’ युक्रेनी राष्ट्रपति जेलिन्स्कीले पेरिस बैठकमा गरिएको निर्णयलाई ‘पहिलो ठोस कदम’ भनेका छन्। उनले हजारौँ विदेशी सैनिक युक्रेन पठाइने बताए पनि अझै यसबारे विस्तृत खुलासा गर्न समय बाँकी रहेको जनाएका छन् ।

अमेरिकाले आफ्नो भूमिका खुलेर बताएको छैन । म्याक्रोनका अनुसार केही दिनमै वासिङ्टनको सहभागिता स्पष्ट हुनेछ । ट्रम्पले अघिल्लो हप्ता अमेरिकाको सहयोग ‘हवाई सुरक्षामा’ केन्द्रित हुने सङ्केत दिएका थिए । पुटिन र ट्रम्पबिच निकट भविष्यमा पुनः संवाद हुने भएको छ ।

दुवै नेताले ‘खुला र सकारात्मक संवाद’ भइरहेको बताएका छन् । तर यसअघि नै रुसले बारम्बार नेटो वा कुनै पनि अन्तर्राष्ट्रिय शान्ति बलको युक्रेनमा उपस्थिति अस्वीकार्य रहेको बताउँदै आएको छ । पुटिनले रुस र युक्रेन दुवैको सुरक्षाको ग्यारेन्टी आवश्यक भएकोमा जोड दिए ।

उनले शान्ति सम्झौतापछि पनि रुसले आफ्नो सुरक्षाको विषयमा कुनै पनि प्रकारको लापरबाही नगर्ने संकेत दिए । रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्णस्तरीय आक्रमण गरेको थियो । यसअघि २०१४ मा रुसले युक्रेनको क्रिमिया प्रायद्वीप कब्जा गरेको थियो ।

हालसम्म यो युद्ध साढे तीन वर्षदेखि जारी छ र हजारौँ मानिसको ज्यान गइसकेको छ । यसबाट रुस र पश्चिमी देशहरूबीचको तनाव निरन्तर बढिरहेको छ । पुटिनको यो भनाइले रुसले युक्रेनमा कुनै पनि विदेशी सैन्य उपस्थितिलाई प्रत्यक्ष चुनौती दिने संकेत गर्छ ।

यद्यपि, उनले शान्ति सम्झौतापछि रुसले त्यसको पालना गर्ने बताए । तर, जबसम्म युद्ध जारी रहन्छ, कुनै पनि बाह्य शक्तिको हस्तक्षेपले रुसलाई प्रत्यक्ष रूपमा युद्ध विस्तार गर्नतर्फ धकेल्न सक्छ । यो स्थिति युरोप र सम्पूर्ण विश्वका लागि गम्भीर चुनौती बन्न सक्छ ।

त्यसैबिच, ट्रम्पले सामाजिक सञ्जालमार्फत ‘भारत र रुस गहिरो रूपमा चीनतर्फ ढल्किएको’ दाबी गर्दै तीन देशका नेताहरूको तिञ्जिनमा भएको बैठकको तस्बिरसमेत साझा गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top