×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

यौन दुव्र्यवहारका आरोपी मदन राई ४ लाख धरौटीमा रिहा

२३ जेष्ठ २०८०

२३जेठ, काठमाण्डौ ।
बाल यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर भएका मदन राई ४ लाख धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत खोटाङले थुनछेक बहसपछि धरौटीमा रिहा गरेको हो । जिल्ला न्यायाधीश सुवासबाबु पुरीको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो । कृषि विज्ञका रुपमा परिचित मदन राईविरुद्ध यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङमा मुद्दा दायर भएको थियो ।

राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क, (ग) (ङ) अन्तरगतको कसुर गरेको आरोप छ । दोषी वा निर्दोष भन्ने टुंगो फैसलामा मात्रै हुनेछ । राईलाई वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर अनुसन्धान गरेको थियो । राईले सञ्चालन गरेको शुभद्रा मदन फाउण्डेसनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध बालयौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन् ।

यसअघि प्रहरी र सरकारी वकिल कार्यालयले उनीसँग जेठ ३ गते बयान लिएका थिए । बयानका क्रममा उनले यौनजन्य गतिविधि गरेको स्वीकार गरेका छन् । तर यौन दुरुपयोगको नियतले नभई यौन शिक्षा दिने उद्धेश्यले त्यस्ता गतिविधि गरेको उनको बयान छ । फाउन्डेसनमा भने राईलाई जान रोक लगाइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top