×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रातो मच्छिन्द्रनाथको मूर्ति आज बुङ्मती लगिँदै

५ जेष्ठ २०७८

५ जेठ, काठमाडौं ।

रातो मच्छिन्द्रनाथको मूर्तिलाई आज ललितपुरको बुङ्मती लगिँदैछ ।

आज बिहान ६ बजेर ४० मिनेटकोे साइतमा मच्छिन्द्रनाथको मूर्तिलाई रथमा ओराल्ने साइत रहेकोमा प्रतिकात्मक रुपमा रथ हल्लाइएको दैवज्ञ ज्योतिष कीर्तिकिरण जोशीले जानकारी दिए ।

दिउँसो मूर्तिलाई बुुङ्गमतीतर्फ लगिनेछ । विगतमा भोटो जात्राका दिन भोटो देखाएपछि मात्र मूर्तिलाई रथबाट ओरालेर बुङ्गमती लगिने गरिएकोमा यस वर्ष भोटो जात्रा नगरिकन रथबाट मूर्तिलाई निकालेर सोझै बुङ्गमतीतर्फ लगिन लागेको हो ।

यो सँगै यसवर्षको मच्छिन्द्रनाथको जात्रा सकिनेछ । कोरोनाको जोखिमका कारण रातो मच्छिन्द्रनाथको रथजात्रालाई छोट्टयाउने सहमति अनुसार जेठ १ गते रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top