×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रानी नाका भएर नेपाल प्रवेश गर्नखोज्ने बंगलादेशी नागरिकलाई फिर्ता पठाइयो

२९ श्रावण २०८१

२९ साउन, विराटनगर । भारतीय नागरिकको समूहमा मिसिएर अनधिकृत रूपमा नेपाल प्रवेश गर्नखोज्ने दुई बंगलादेशी नागरिकलाई फिर्ता पठाइएको छ ।

मंगलबार दिउँसो विराटनगरको रानी नाका हुँदै नेपाल प्रवेश गर्न खोजेका एक पुरुष र एक जना वृद्धा महिलालाई प्रहरीले फिर्ता पठाएको हो ।

बंगलादेशको घाना गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई भारततिर नै फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।

नेपाल आउँदै गरेका उनीहरूलाई चेकजाँच गर्नेक्रममा दुवै जनाको साथबाट बंगलादेशको नागरिक रहेको प्रमाणित हुने पासपोर्ट फेला परेको थियो ।

विराटनगरको रानी नाका हुँदै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न खोजेको यो दोस्रो घटना हो । यसअघि नेपाल प्रवेश गर्न खोज्ने बंगलादेश टाङगाई पुराबरीका ४६ वर्षीय उत्तम सरकारलाई साउन २२ गते प्रहरीले फिर्ता पठाएको थियो ।

बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्ने सम्भावनालाई मध्यरनजर गर्दै नेपाल-भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top