×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राष्ट्र बैंकको अध्ययन : ‘उद्योग व्यवसाय पुनः प्रभावित हुनसक्छ’

६ जेष्ठ २०७८

६ जेठ, काठमाडौं ।

विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुनसक्ने नेपाल राष्ट्र बैंकको निचोड छ ।

केन्द्रीय बैंकले बुधवार सार्वजनिक गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव’सम्बन्धी दोस्रो पुनरावृत्तिको सर्वेक्षण प्रतिवेदनले यस्तो निचोड निकालेको हो ।

पछिल्लो सर्वेक्षण नतीजाले २०७७ असारको तुलनामा २०७८ वैशाख १४ गतेसम्ममा करीब औसत ८१ दशमलव २ प्रतिशत उद्योग तथा व्यवसाय सञ्चालनमा आएकाले उल्लेख्य सुधार भएको देखाएको छ । तर, निषेधाज्ञा र कोरोना संक्रमण बढ्दै जाँदा उद्योगहरू पुनः प्रभावित हुन सक्ने राष्ट्र बैंकको आकलन छ ।

औसत ४ दशमलव २ प्रतिशत उद्योग तथा व्यवसाय सञ्चालन हुन सकेका थिएनन् भने १४ दशमलव ६ प्रतिशत आंशिक रूपमा सञ्चालनमा रहेका थिए ।

यो सर्वेक्षणको नतिजा अवधिलगत्तै अर्थात् वैशाख १६ गतेदेखि कोभिड–१९ महामारीको दोस्रो लहरले अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेकाले फेरि अर्थतन्त्र प्रभावित हुनसक्ने राष्ट्र बैंकको ठहर छ ।

गतवर्षको असारको तुलनामा वैशाखसम्ममा उद्योग÷व्यवसायहरूको उत्पादन एवम् कारोबार तथा रोजगारीको अवस्थामा उल्लेख्य सुधार आएको छ । तर, २०७६ फागुनको अवस्थामा भने उद्योग÷व्यवसायहरू पुग्न सकेको देखिँदैन ।

सर्वेक्षणअनुसार कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करीब २९ प्रतिशतमात्र उत्पादन÷कारोबार भएको थियो । २०७८ वैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१ दशमलव ४ प्रतिशत पुगेको छ ।

‘गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रको उत्पादन÷कारोबार बढेको पाइएको छ । तर, होटेल तथा रेस्टुराँको उत्पादन र कारोबारको स्थिति ४० दशमलव ८ प्रतिशत मात्र पुगेको छ जुन अन्य व्यवसायहरू भन्दा सवैभन्दा कम हो,’ सर्वेक्षणमा उल्लेख छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top