×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रुसले आक्रमण गरे जर्मनीसम्म पुर्‍याइएको ग्याँस पाइपलाइन बन्द गर्ने बाइडेनको चेतावनी

२५ माघ २०७८

२५ माघ, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले यदि रुसले युक्रेनमा आक्रमण गरेमा रुसबाट जर्मनीसम्म पुर्‍याइएको ग्याँस पाइपलाइन बन्द गरिदिने चेतावनी दिएका छन् ।

जर्मनीका चान्सलर ओलाफ सोल्जसँग वाशिङ्गटनमा आयोजित भेटवार्तापछि पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति बाइडनले रुसबाट जर्मनीसम्म जोडिएको ग्याँस पाइपलाइन ‘नोर्ड स्ट्रीम– २’ लाई अन्त्य गरिदिने बताएको बीबीसीले जनाएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेपछि अमेरिका र जर्मन सरकार प्रमुखबीच छलफल भएको हो ।

रुस–युक्रेन तनावकाबीच जर्मनीले दिएको एक अभिव्यक्ति विवादित भएपछि शोल्जले अमेरिकी राष्ट्रपति बाइडनसँग भेटवार्ता गरेका थिए ।

‘नोर्ड स्ट्रीम– २’ प्राकृतिक ग्याँस पाइपलाइन बाल्टिक सागरको मुनिबाट रुसबाट जर्मनीसम्म पुगेको छ । अमेरिका र जर्मनीका साझेदार युरोपेली देशहरु सुरुदेखि नै यो ग्याँस पाइपलाइनको विरोधमा छन् ।

किनभने युरोपका देशहरुमा रुसी ग्याँस पाइपलाइनप्रति निर्भरता बढ्ने र कुनै विषयमा विवाद भएमा रुसले आफ्नो फाइदाका लागि यसलाई हतियारको रुपमा प्रयोग गर्न सक्ने उनीहरुको आशंका छ ।

त्यसैले यो ग्याँस पाइपलाइन खारेज गर्न अमेरिकालगायत देशहरुले यसअघि जर्मनीकी चान्सलर एन्गेला मर्केलसँग छलफलसमेत गरेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top