×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लायन्स क्लब अफ सिटीले खारजीमा ‘लायन्स पार्क’ बनाउने

७ आश्विन २०७६

७ असोज विराटनगर ।
लायन्स क्बल अफ विराटनगर सिटीको अध्यक्षमा घनश्याम पोखरेल निर्वाचित भएका छन । पोखरेल सन २०१९/२०२० को लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

लायन्स क्लब अफ विराटनगर सिटीको अध्यक्षमा निर्वाचित भएको पोखरेललाई सोमबार साझ लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५–एवानका डिस्ट्रिक गर्भनर इन्द्र खत्री (राजन) ले पदभार ग्रहण गराएका थिए । क्लबको प्रथम उपाध्यक्षमा रमेश कार्की र सचिबमा विद्याकान्त दाहाल रहेका छन् ।

नवनिर्वाचि अध्यक्ष पोखरेलले अढाइ महिनामा ३१ वटा सामाजिक काम सम्पन्न गरेको बताए । यसैगरी आउँदो माघ १० गते एकै दिन १ सय ३ वटा सामाजिक काम गर्ने घोषणा समेत गरेका छन । पोखरेलका अनुसार विराटनगर ४ र ५ नम्बर वडाको सिमानामा पर्ने खारजी चौकमा ‘लायन्स पार्क’ बनाउने घोषणा पनि उनले गरेका छन् । पार्क निमार्ण गर्न विराटनगर महानगरपालिकासँग स्वीकृत लिइएको पनि पोखरेलले जानकारी दिए । माघ १० गते लायन्स पार्कको शिलन्यास गर्ने उनले बताए ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोको प्रमुख अतिथ्यतामा भएको पदभार ग्रहण कार्यक्रममा अन्य दुई वटा लायन्स क्लबमा पनि नयाँ नेतृत्व चयन भएको छ । जसमा लायन्स क्बल अफ विराटनगर यूनिकको अध्यक्षमा लक्ष्मण घिमिरे र ग्लोबलको अध्यक्षमा दिलसाल आलम रहेका छन । सोही अवसरमा विराटनगरस्थित जनजागृती प्राविका २ जना जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति पनि प्रदान गरिएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top