×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वामदेव गौतमकाे ‘यो मुक्त भूमि, हो बुद्ध भूमि’को म्युजिक भिडियो सार्वजनिक

१२ भाद्र २०७७

१२ भदौ, काठमाडौँ ।
पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले लेखेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको छ । यसै गीतको भिडियोमार्फत उनी पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् ।

राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, र अञ्जना गुरुङले स्वर दिएका छन् । गीतको भिडियो दीर्घ गुरुङले खिचेका हुन् भने जीवन थापाले सम्दादन गरेका छन् ।

गौतमले रचना गरेका ४३ वटा गीतहरुलाई एकत्रित गरी गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ । यसमा सार्वजनिक भएका र हुन बाँकी उनका रचनाहरु संग्रहित रहेको जनाईएको छ । प्राय गीतहरु राष्ट्रभक्तिमा आधारित छन् भने त्यसबाहेक सामाजिक, सामाजिक तथा सांस्कृतिक विषयहरुलाई उठान गरिएको छ ।

गौतमको नेपालको राष्ट्रिय गानका लागि गराइएको प्रतिस्पर्धामा पनि भाग लिएका थिए । तर, उनको गीत छनोटमा परेन । गीत लेखन आफ्नो पहिल्यैदेखिको रुचि रहेको गौतम बताउँछन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top