×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरको मुनालपथमा भयानक दुर्घटना, २ जना घाईते

१२ आश्विन २०७६

१२ असोज, विराटनगर ।
विराटनगरमा आइतबार भएको सवारी दुर्घटनामा २ जना घाईते भएका छन । मुनालपथमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाईकलमा सवार २ जना गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेमा पाँचथरको फिदिमका अन्दाजी २० वर्षिय धनबहादुर तामाङ र २१ वर्षीय सञ्जय तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले जानकारी दिए ।

दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १ ख ४०४३ नम्बरको महालक्ष्मी यातायातको बसले विपरीत दिशामा जाँदै गरेको मे २ प ८७९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुबैको विराटनगर स्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । बस र चालक प्रहरीको नियन्त्रण लिएको डिएसपी खिउजुले बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top