×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा चाडपर्व लक्षित ट्राफिक सचेतना

१२ आश्विन २०७६

१२ असोज ,विराटनगर ।
चाडपर्वमा बढ्ने गरेको दूर्घटना न्युनिकरण गर्न विराटनगरमा सचेतना कार्यक्रम गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा गरिएको कार्यक्रममा सवारी चालकहरुलाई सम्मान गर्नुका साथै सडक सुशासन कायम गर्न र दूर्घटना न्युनिकरणमा भुमिका खेल्न आग्रह गरिएको थियो ।

विराटनगर बसपार्कमा गरिएको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले सवारीचालकहरुलाई फुलमाला,अबिर र खादा सहित सम्मान गरे । उनले दुर्घटना न्युनिकरणमा सवारीचालकहरुको भुमिका महत्वपूर्ण रहने बताउँदै पेशाप्रति जिम्मेवार भएर सेवा दिन आग्रह गरे । सवारी चालकहरुकै कारणले बढी दुर्घटना हुने गरेको देखिएकाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ‘सडक सभ्यता हाम्रो चाहना,सुरक्षित यात्राको सबैमा शुभकामना’ नारा सहित कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिव पोखरेलले बताए ।

कार्यक्रममा एकदर्जन बढी बसका चालक,सह चालकका साथै यात्रुहरुलाई चाडपर्वको शुभकामना तथा सुरक्षित यात्राको कामना गर्दै सम्मान गरिएको थियो । सो क्रममा विराटनगर बसपार्कबाट पुर्व–पश्चिमतर्फ जान लागेका १० वटा यात्रुवाहक बसलाई ट्राफिक प्रहरीले सम्मानपुर्वक मोरङको निमुवासम्म स्कर्टिङ गरेको थियो । दूर्घटना न्युनिकरण गर्न तथा यात्रुलाई सुरक्षित यात्राको अनुभुति गराउन सडकमै गएर समेत अनुगमन गरिने जिल्ला ट्राफिक प्रमुख पोखरेलले बताए ।

सो क्रममा चालकहरुलाई मापसे चेक गर्नुका साथै ज्येष्ठ नागरिकलाई दिनुपर्ने ५० प्रतिशत छुट तथा बढी भाडा लिए नलिएको निरीक्षण गरिने उनले जानकारी दिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top