×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा ३ सय ६० परिवारको सामूहिक जमरा

१२ आश्विन २०७६

१२ असोज,विराटनगर ।
वडा दसैंको पहिलो दिन विराटनगरमा सामूहिक जमरा राखिएको छ । विराटनगर–३ स्थित शिव पाञ्चायन मन्दिर परिसरमा राखिएको जमरा कार्यक्रममा ३ सय ६० परिवारले सामूहिक जमरा राखेका छन् । श्री लक्ष्मीनारायण मन्दिर पाञ्चालीका पण्डीत चक्रपाणी न्यौपानेले शास्त्रीय विधि विधानपूर्वक कार्यक्रमका सहभागिलाई मंत्र पाठ सहित जमरा राख्न लगाए ।

पोखरीया युवा समूहको आयोजनामा २०६९ सालदेखि नियमित आयोजना हुंदै आएको सामूहिक जमरा कार्यक्रममा वडा नम्बर १ र ३ सहित अन्य वडाका श्रद्धालुहरुले समेत सामूहिक जमरा राख्ने गरेका छन् । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको परिवारले समेत सोहि ठाँउमा जमरा राखेका छन् ।

घटस्थापनाका दिन राखिने जमरा टिकाको दिन निकाल्ने गरिएको सामूहिक जमरा कार्यक्रममा कर्ताकोरुपमा बस्नु भएका युवा नेता कृष्ण कार्कीले जानकारी दिए । उनले ९ दिनसम्म अन्न नखाई बैदिक मन्त्रोचारण सहित पुजापाठ गर्ने नियम रहेको बताए । सो ठाउँमा दैनिक सन्ध्याकालीन भजनकिर्तनको आयोजना गर्ने कार्यक्रम छ । शिव पाञ्चायन मन्दिर समिति र राधाकृष्ण भजन मण्डलीले जमरा कार्यक्रमलाई सघाएको जनाइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top