×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा ४ दिने निर्वाचन प्रशिक्षण सुरु

४ जेष्ठ २०७६

४ जेठ २०७६,विराटनगर
निर्वाचन कार्यालयका प्रमुख र कर्मचारीलाई लक्षितगरि प्रदेश एकको राजधानी विराटनगरमा ४ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । आगामी ७ गतेसम्म चल्ने प्रशिक्षणका सहभागिलाई निर्वाचन प्रचारप्रसार खर्च,निर्वाचन विवाद निरुपण,राजनितिक दल दर्ता तथा आय ब्यय विवरण,निर्वाचन जोखिम ब्यवस्थापन तथा मतदाता दर्ता सफ््टवेयर सञ्चालन सम्बन्धि तालिम दिइने जनाइएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीलाई प्रबिधिमैत्री र मितब्ययी बनाउन आयोगले काम गरिरहेको बताए ।निर्वाचनलाई निष्पक्ष,मितब्ययी र जनताको विश्वासिलो बनाउन सुधार आवश्यक रहेको बताउदै थपलियाले त्यसकालागि आयोगले काम गरिरहेको बताए ।

उनले आगामी ५ बर्षमा विभिन्न ५ वटा मुख्य बिषयबस्तुलाई केन्द्रीत गरेर आयोगले सुधारका काम गर्न लागेको जानकारी दिए । आयुक्त थपलियाले निर्वाचन प्रणालीलाई थप प्रभावकारी बनाउन देशको ७ सय ५३ वटै स्थानियतहबाट मतदाता नामावली संकलन गरिनुपर्ने,विद्यालयको पाठ्यक्रममा मतदाता शिक्षा समावेश गरिनुपर्ने बताए । यस्तै प्रणालीलाई प्रविधिसंग जोड्नुका साथै निर्वाचनलाई मितब्ययी बनाउनु आवश्यक रहेको समेत बताए । निर्वाचन प्रणालीमा समग्र सुधारको योजना सहित आयोगले काम गरिरहेको बताउनुहुंदै उहांले निर्वाचन अघि र पछिको समयलाई सदुपयोग गर्दै सुधारात्मक अभियानमा सबै जुटनुपर्ने विचार ब्यक्त गरे । कार्यक्रममा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले आयोगले थालेको सुधारात्मक अभियानले निर्वाचनलाई भरपर्दो,विश्वासिलो र मितब्ययी बनाउन सघाउ पुग्ने विश्वास ब्यक्त गरे ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top