×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विरोध प्रदर्शन भइरहेको हङकङमा नयाँ प्रहरी प्रमुख नियुक्त

३ मंसिर २०७६

३ मंसिर, एजेन्सी । छ महिनादेखि प्रदर्शन र विरोध भइरहेको हङकङमा मंगलबार नयाँ प्रहरी प्रमुख नियुक्त गरिएका छन् । शहरकी प्रमुख कार्यकारी क्यारी लाम चेङ युएट-एनगोरको सिफारिसमा क्रिस ट्याङ पिङ-केन्ङलाई नयाँ प्रहरी प्रमुख बनाइएको हो ।

सन् १९९७ मा ब्रिटेनले चीनलाई हस्तान्तरण गरेको हङकङका ट्याङ सातौं प्रहरी प्रमुख हुन् । नव नियुक्त प्रहरी प्रमुख ट्याङले ३१ हजार प्रहरीलेमात्र सामाजिक अशान्तिलाई रोक्न नसक्ने उल्लेख गर्दै हङकङवासीको समर्थन चाहिने बताएका छन् ।

अत्याधिक बल प्रयोग गरेको आरोपमा प्रहरीको कडा आलोचना भइरहेको समयमा ट्याङले भने मौनता र सहिष्णुताले मात्रै नकाबधारी कट्टरपन्थीलाई विनास गर्न प्रोत्साहन गर्ने बताउँदै हङकङबासीले हिंसाको निन्दा गर्ने आशा गरेको बताए ।

मंगलबार सपथ लिएका प्रहरी प्रमुख मानिसहरुले प्रहरीमाथि मात्रै औंला उठाएको र हिंसाबारे आँखा चिम्लेकोप्रति चिन्ता व्यक्त गरेका थिए । उनले हिंसाको सबैले भर्त्सना गरेको भए हङकङ पाँच महिनामा यस्तो अवस्थामा परिणत नहुने बताए ।

६ महिनाअघि आएको चीनसँग सुपुर्दगी सन्धी गर्ने विधेयकसँगै सुरू भएको हङकङको प्रदर्शन पछिल्लो समय हिंसात्मक बनिरहेको छ । प्रदर्शनकारीहरूले विरोधका क्रममा प्रहरीबाट दमन भएको भन्दै ती प्रहरी अधिकारीलाई कारबाही गर्नु पर्ने माग पनि प्रमुखताका साथ उठाइरहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top