×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्व बैंकको नयाँ प्रक्षेपणः यो वर्ष नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने अनुमान

१८ चैत्र २०७७

१८ चैत, काठमाडौँ । कोभिड–१९ विरुद्धको खोपको वितरण र उक्त अभियानले सिर्जना गरेको सहज गतिविधिका कारण अर्थतन्त्रमा तीव्र सुधारको संकेत देखिएको छ ।

विश्व बैंकले बुधबार दक्षिण एसियाली भेगको कुल गार्हस्थ उत्पादनबारे नयाँ प्रक्षेपण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष भित्रै अर्थतन्त्रमा ‘भीसेभ’को सुधार देखिने उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशत कायम भएको थियो ।

यसमा तीब्र गतिमा सुधार हुने संकेत गर्दै विश्व बैंकले यो वर्ष २.७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान गरेको हो । तर, यो वृद्धिदरसमेत सरकारको अनुमान भन्दा भने निकै कम हो ।

कोरोना महामारीका बीचमा समेत सरकारले यो वर्ष ७ प्रतिशत हाराहारीको वृद्धिदरको पूर्वानुमान गरेको छ ।

विश्व बैंकले यसअघि गत जनवरी र सन् २०२० को अक्टोवरमा गरेका पूर्वानुमानमा समेत संशोधन गरेको छ । संशोधन अनुसार नेपालको आर्थिक वृद्धिदर अनुमान गरेभन्दा छिटो पुनरुत्थानको बाटोमा देखिएको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ मा १.४ प्रतिशतको मात्र वृद्धिदर हुने अनुमान जनवरीमा भएको थियो । तर, यसमा सुधार गर्दै विश्व बैंकले सो आवमा ३.९ प्रतिशतसम्म वृद्धिदर रहने अनुमान गरेको छ ।

त्यसपछिको आव २०७९/८० मा भने नेपालले ५.१ प्रतिशतको वृद्धिदर कायम गर्न सक्नेछ । यो करिब कोरोना महामारी भन्दा अगाडिकै अवस्था हो ।

नयाँ प्रक्षेपण अनुसार सन् २०२१ मा दक्षिण एसियाली मुलुकको समग्र आर्थिक वृद्धिदरमै सुधारको लहर आउने छ । यसमा ठूलो भूमिका भारतको रहने छ ।

सन् २०२० मा माइनस ५.४ प्रतिशतको नकारात्मक वृद्धिदर भोगेको यो भेगमा सन् २०२१ मा ७.२ प्रतिशतको वृद्धिदर कायम हुने पूर्वानुमान विश्व बैंकले गरेको छ । सन् २०२२ मा भने यस भेगमा ४.४ प्रतिशतको वृद्धिदर रहने भएको छ ।

यद्यपि कोरोना भाइरसले सिर्जना गरेको परिस्थितिले उत्पन्न चुनौतीहरु भने अहिले पनि कायम नै रहेको विश्व बैंकको भनाइ छ ।

यस भेगका करोडौं मानिसको रोजगारी गुमेको छ । आर्थिक गतिविधिहरु पूर्ण रुपमा सञ्चालनमा आउने सकेका छैनन् । सेवा क्षेत्रमा अहिले पनि अन्यौल र अवरोध कायम छन् ।

यसले पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुकको जोखिम भने कायमै रहने विश्व बैंकको भनाइ छ । पर्यटनमा आधारित अर्थतन्त्र भएको माल्दिभ्सले सन् २०२० मा माइनस २८ प्रतिशतको नेगेटिभ वृद्धिदर भोगेको थियो ।

चालु वर्ष सन् २०२१ मा यो मुलुकको वृद्धिदर १७.१ प्रतिशत रहने छ । श्रीलंका र नेपाल समेत सेवा क्षेत्र र त्यसमा पनि पर्यटकबाट हुने आम्दानीमा बढी निर्भर रहेका मुलुक हुन् ।

विश्व बैंकले साउथ एसिया इकोनोमिक फोसक स्प्रिङ २०२१ नामक रिर्पोट सार्वजनिक गर्दै यस्तो बताएको हो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top