×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शनिबार पनि म्यानमारमा पाँच प्रदर्शनकारी मारिए

२१ चैत्र २०७७

२१ चैत्र, एजेन्सी ।
म्यानमारमा शनिबार पनि पाँच प्रदर्शनकारी मारिएका छन् ।

प्रजातन्त्रको पक्षमा प्रदर्शनमा उत्रिएकामाथि सैनिक सत्ताले बल प्रयोग गर्दा उनीहरुको ज्यान गएको हो। शनिबार भएको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर पाँचजनाको ज्यान गएको छ।

मोनीवा शहरमा तीनजना तथा बागो र थातोनमा एक–एक जनाको ज्यान गएको म्यानमारनाव न्यूजलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

गएको फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएपछि लगातार विरोध प्रदर्शन हुँदै आएको छ।

सैनिक कू को विपक्षमा भएका प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोगका कारण ५५० जना भन्दा बढिको ज्यान गइसकेको छ।

तर प्रदर्शन लगातार जारी छ र सुरक्षा फौजको बल प्रयोग पनि उस्तै रहेको छ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top