×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शीतलहरबाट बच्न तयारी थाल्न गृहमन्त्रीको निर्देशन

३ मंसिर २०७६

३ मंसिर, काठमाडौँ ।
गहृमन्त्री राम बहादुर थापाले चिसो तथा शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मंगलबार गृहमन्त्रालयमा बिपद जोखिम न्यूनिकरण तथा ब्यबस्थापन कार्यकारी समितिको बैठमा मन्त्री थापाले विपद्को समयमा सक्रिय हुने सबै निकायलाई पूर्वतयारीको लागि निर्देशन दिएका हुन् ।

बैठकमा मन्त्री थापाले जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरुले शीतलहरको प्रभावबाट सुरक्षित राख्ने उपायहरुको सम्बन्धमा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरु समेतलाई आमन्त्रण गरी पूर्वतयारी र पूर्व प्रवन्ध गर्न निर्देशन दिएका छन् । विपद् व्यवस्थापनको क्षेत्रमा सम्वन्धित जिल्लामा रहेका गैर सरकारी संघसंस्थाहरुलाई समेत हिमपात, चिसो तथा शीतलहर सम्बन्धी पूर्वतयारीमा सहभागी गराउने गरि समन्वय गर्न जिल्ला प्रशासन कार्यालयलाई पनि निर्देशन दिएको छ ।

चिसो हिमपात तथा शितलहरका कारण २०७४ सालमा ४८ जनाको मृत्यु भएको थियो । गत वर्ष सरकारले चिसो हिमपात तथा शितलहरबाट प्रभावित हुन सक्ने जनतालाई इन्धन, दाउरा, कम्वल बाडेको थियो साथै कसैको मृत्यु भएको थिएन । कार्यकारी समितिको बैठकले सम्बन्धित गाउँपालिका र नगरपालिका अन्तर्गत हिमपात, चिसो तथा शीतलहरबाट प्रभावित हुन सक्ने क्षेत्र र गाउँ र टोलका गरीब तथा विपन्न परिवारहरुको पहिचान गरी कार्यक्रम बनाउन आग्रह पनि गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top