×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संगीतकर्मी संघको महाधिवेशन शनिवार

११ जेष्ठ २०७५

काठमाडौँ, ११ जेठ ः राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन यही जेठ १२ गते शनिवार भृकुटीमण्डपमा हुने भएको छ । 

दुई दिनसम्म जारी रहने उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । देशका विभिन्न ४५ जिल्लाबाट करीब ७०० प्रतिनिधिको सहभागिता रहने महाधिवेशनका लागि आवश्यक तयारी पूरा भएको संघले जनाएको छ ।

काठमाडौँमा बिहीबार आयोजित पत्रकार सम्मलेनमा संघका अध्यक्ष नवराज घोरासैनीले नेपाली गीत तथा संगीतको विकास र प्रवद्र्धनमा संघ क्रियाशील रहेको बताउँदै देशभरका संगीतकर्मीलाई एकताबद्ध गरी उनीहरुको अधिकारलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले रोयल्टीको व्यवस्थित अभिलेख राखी उचित वितरण गर्ने कार्य हुन नसकेकामा चिन्ता व्यक्त गरे । संस्थाका उपाध्यक्षद्वय राजेन्द्रकुमार कार्की र उमा श्रेष्ठले कलाकार देशका महत्वपूर्ण अंग भएको बताउँदै उनीहरुलाई समस्या परेको बेलामा राज्यका तर्फबाट हेर्नुपर्ने र उनीहरुका रचना र क्षमताको आधारमा रोयल्टी उपलब्ध गराउन माग गरे ।

विसं २०६२ मा स्थापित उक्त संघमा नेपाली लोकगीत, आधुनिक गीत, चलचित्रका गीतमा संगीत भर्ने कलाकार आबद्ध छन् । संघले हालसम्म छवटा प्रदेशमा प्रदेशस्तरीय कमिटी गठन गरेको छ ।
रासस

 

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top