×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संघिय संसदको बर्खे अधिवेशन सुरु हुँदै

१६ बैशाख २०७६

काठमाडौं, वैशाख १६
संघीय संसदको चौथो अर्थात् बर्खे अधिवेशन आज सुरु हुँदै छ । संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक अपराह्न ४ बजे बोलाएको छ । बैठकको पहिलो सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशनका लागि आह्वान गरेको पत्र पढेर सभामुखले सुनाउनेछन् । बैठकमा सत्ता र प्रतिपक्षी दलका नेताले सम्बोधन गर्ने सम्भावना छ ।

संसद सचिवालयका अनुसार हिउँदे अधिवेशन अन्त्य भएको गत चैत ११ गतेपछि निधन भएका पूर्वसांसदहरु प्रति शोक प्रस्ताव पारित हुनेछ । चैत २६ गते पूर्वसांसद, उद्योगी दिवाकर गोल्छा, चैत २८ गते पूर्वसांसद रुद्रमणि शर्मा भण्डारी र वैशाख १० गते पूर्वमन्त्री एवं कांग्रेस नेता रामकृष्ण ताम्राकारको निधन भएको थियो ।

अबको अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम र जेठ १५ गते आगामी आर्थिक वर्ष २०७६(०७७ को बजेट प्रस्तुत गर्नेछ । नीति तथा कार्यक्रम भने सरकारले प्राथमिकता समेटेर बजेटअघि सार्वजनिक हुनेछ ।

राष्ट्रपति भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसले भने सरकारले यसअघि घोषणा भएका कार्यक्रमहरुको प्रभावकारिताबारे सत्तापक्षसँग जवाफ खोज्ने रणनीति बनाएको छ । कांग्रेसले बजेटको सैद्धान्तिक छलफल नै नगराई नीति तथा कार्यक्रम ल्याउन लागिएको भन्दै आपत्ति जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top