×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संघीयता जोगाउन सरकारमा कांग्रेसको नेतृत्व आवश्यकः प्रकाशमान सिंह

१ बैशाख २०७८

१ वैशाख, चितवन । वर्तमान सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्ने प्रयास गरिरहेको आरोप लगाउँदै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीयता जोगाउन सरकारमा कांग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस चितवन खैरहनी नगर समितिले बुधबार चितवनमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको आरोप लगाए ।

समृद्ध नेपाल, सुखी नेपाली’ नारामा मात्र सीमित रहेको दाबी गर्दै उनले भने, ‘देशमा सरकार छ कि छैन भनेर खोज्नु पर्ने अवस्था छ, यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।’

ओलीले नैतिक रुपले प्रधानमन्त्री हुने वैधानिकता गुमाएको भन्दै उनले तत्काल पद त्याग्न सुझाए ।

संविधान र लोकतन्त्र धरापमा परेकाले कांग्रेस बाध्य भएर सरकार निर्माणमा अग्रसर भएको उनले बताए । यस्तो परिस्थितिमा कांग्रेस आन्तरिक रुपमा मजबुत हुनुपर्नेमा उनले जोड दिए ।

नयाँ वर्षमा मजबुत र विधिसम्मत चल्ने जनताको प्रिय पार्टी बनाउन सद्बुद्धि आओस् भनेर उनले कामना पनि गरे ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top