×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संविधानको कार्यान्वयनका लागि दवाव दिन पुष्पकमल दाहालको आहन

२१ जेष्ठ २०७६

२१ जेष्ठ, २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको इमान्दारिताका साथ कार्यान्वयन गर्न दवाव सृजना गर्न सबै समुदायलाई आह्वान गरेका छन । अध्यक्ष दाहालले सबै समुदायले सचेत भएर संविधानको इमान्दार कार्यान्वयनका लागि दवाव नदिए मुलुक प्रतिगमनतर्फ उन्मुख हुने तर्फ पनि सचेत गराए ।

मंगलबार काठमाडौंमा आयोजित ‘जातीय भेदभाव तथा छुवाछुतसम्बन्धि कानुनको प्रभावकारी कार्यान्वयनको अवस्था’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्टी भित्र पनि दलित समुदायका जनप्रतिनिधिमाथि विभेद भइरहेको उल्लेख गर्दै त्यसको अन्त्यकालागि पार्टी र सरकार दुवैमा उजुरी दिन पनि पार्टीका नेता,कार्यकर्तालाई निर्देशन दिएका छन ।

ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको इमान्दार कार्यान्वयनकालागि हरेकले जागरण अभियान संचालन गर्नुपर्ने अध्यक्ष दाहालको भनाई छ । अध्यक्ष दाहालले संविधान सम्झौंतामा तयार गरिएको दस्तावेज भएकाले यसमा केही नराम्रा पक्षहरु पनि रहेको उल्लेख गर्दै त्यसलाई हटाउन संविधान संशोधनमा जोड दिइएको पनि स्पष्ट पारे ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top