×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संविधानको परिधिभित्र रहेर कानुन निर्माण गर्न सरकारलाई सचेत

१० जेष्ठ २०७६

प्रतिनिधिसभाका सांसदहरुले संविधानको परिधिभित्र रहेर कानुन निर्माण गर्न सरकारलाई सचेत गराएका छन । प्रतिनिधिसभाका सांसद जनार्दन शर्माले संविधानको स्पिरिट अनुसार कानुन निर्माण गर्न सरकारलाई सचेत गराएका हुन् । शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उनले सरकारी सेवामा प्रवेश गर्ने कानुनी व्यवस्था पनि संविधानको मर्म विपरित हुन नहुने पनि स्पष्ट पारे ।

समितिका अर्का सदस्य तेजुलाल चौंधरीले तल्लो तहका जनतालाई पनि माथिल्लो तहको कर्मचारी बन्ने गरी कानुन बनाउन सरकारसँग माग गरे । उनले आरक्षणको नाममा खस आर्यलाई नै बल पु¥याउने गरी लोक सेवा आयोगको परीक्षा लिने कानुनी व्यवस्था गर्न नहुने पनि स्पष्ट पारे

समितिका सदस्यहरुले महिला भित्र पनि समावेशी समानुपातिक ढंगले सरकारी सेवामा प्रवेश हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । समितिका सदस्य अमनलाल मोदीले महिला भित्र पनि संविधानमा उल्लेख गरिएको समावेशी समानुपातिक सिद्धान्तको आधारमा सरकारी सेवामा प्रवेश गर्ने कानुनी व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले थारु समुदायलाई राज्यले सरकारी सेवा प्रवेशमा समेत निषेध गर्न खोजेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

समितिका सदस्यहरुले खस–आर्यमा पनि गरिव समुदाय रहेको उल्लेख गर्दै त्यसमा पनि आरक्षणको व्यवस्था गरेर सरकारी सेवामा प्रवेश गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई सचेत गराएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top