×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संविधान प्रतिकूल हुनेगरी ल्याइएका विधेयक फिर्ता लिन कांग्रेसको माग

१ जेष्ठ २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संविधान प्रतिकूल हुनेगरी ल्याइएका मिडिया, मानव अधिकार र राष्ट्रिय सुरक्षासँग सम्बन्धित तीन वटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । नेपाली काँग्रेस संसदीय दलको आज बिहान सिंहदरबारमा बसेको बैठकले संविधान प्रतिकूल हुने गरी आएका सो तीन वटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो । संविधानको प्रस्तावना र भावना प्रतिकूल हुनेगरी आएका ती विधेयकहरु तत्काल फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनु भयो । काँग्रेसले सरकारले ल्याएको मिडियासम्बन्धि विधेयकले प्रेस स्वतन्त्रताको हनन् गर्ने, मानव अधिकारसँग सम्बन्धित विधेयकले मानव अधिकारको खिल्ली उठाउने र राष्ट्रिय सुरक्षा परिषदसँग सम्बन्धित विधेयकले नेपाली सेनालाई नै प्रयोजनहिन बनाउने निष्कर्ष निकाल्दै त्यसलाई तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो । बैठकले ती विधेयक तत्काल फिर्ता गरेर संसदलाई सहज ढंगले संचालन नगरे सरकारविरुद्ध सडक र सदन दुवैमा संघर्ष चर्काउने चेतावनी पनि दिइएको छ । ती विधेयक तत्काल फिर्ता नभए सरकारविरुद्ध सदन र सडक दुवै ठाउँबाट संघर्ष गर्ने निर्णय पनि गरिएको प्रमुख सचेतक खाँणले बताउनुभयो । नेपाली काँग्रेसले सरकार निरंकुशताको यात्रामा निरन्तर अघि बढिरहेको आरोप पनि लगाउँदै आएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top