×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सडक निमार्णका लागि दार्चुलाको व्यास पुग्यो नेपाली सेना

९ जेष्ठ २०७७

९ जेष्ठ, दार्चुला । नेपाल सरकारले गएको वैशाख १४ गते गरेको निर्णयअनुसार महाकाली करिडोर दार्चुला टिंकर सडक योजनाअन्तरगत उत्तरीतर्फ रहेको ८७ किलोमिटर सडक खण्ड नेपाली सेनामार्फत निर्माण गराउने निर्णय गरेको छ ।

सो सडक खण्डअन्तर्गत पर्ने दार्चुलाको व्यास गाँउपालिका–२ स्थित घाँटीबगर इलाकामा करिब २ मिटर चौडाइको ४ सय ५० मिटर गोरेटो र घोडेटो बाटो निर्माणका लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको सामान घाँटीबगर नजिकको थीमा नेपाली सेनाको एक सेक्सन फौज तैनाथ भएको छ ।

साथै बाटो निर्माण कार्यका लागि दक्ष प्राविधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक फौज, उपकरण एवं अन्य सामग्रीसहितको टोली भोलि तैनाथ गर्ने नेपाली सेनाले जनाएको छ ।

चीन र भारतको सीमानाकासमेत पर्ने दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने छाङरू र टिंकर गाउँका करिब १ सय ८२ घर–परिवारको करिब १ हजार २ सय जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवत–जावत गर्नका लागि व्यास गाउँपालिका–२ मा पर्ने मौरीभीरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरोसमेत गएकाले आवत–जावत गर्न समस्या भएको तथा स्थानीय बासिन्दाले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएको भन्दै सेनाले त्यहाँ बाटो निर्माण गर्न लागेको हो ।

घाँटीबगर र मौरीभीरमा पर्ने ४ सय ५० मिटर सडक खण्ड सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भएबमोजिम सडक खण्ड निर्माणका लागि नेपाली सेनाको प्राविधिक जनशक्तिसहित थीमा तैनाथ गर्ने योजनाअनुरूप सो फौज तैनाथ भएको सैनिक मुख्यालयले जनाएको छ ।

नेपाल सरकारबाट प्राप्त कुनै पनि जिम्मेवारीलाई पूर्ण प्रतिबद्धताका साथ सम्पन्न गर्दै आएको नेपाली सेनाले संविधानको मर्म र भावनाअनुरूप नेपालको विकास निर्माणको क्षेत्रमा प्राप्त जिम्मेवारीलाई समेत उपलब्ध स्रोत साधन, जनशक्ति र प्राविधिक विज्ञताको पूर्णतया उपयोग गर्दै यथासम्भव छिटो सम्पन्न गर्नेतर्फ आवश्यक कारबाही तत्काल अगाडि बढाउने सेनाले जनाएको छ । (रासस)

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top