×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरकारको उपस्थिति समयमै हुनुपर्छः सभामुख महरा

११ जेष्ठ २०७५

काठमाडौँ, ११ जेठ ः सभामुख कृष्णबहादुर महराले संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको उपस्थितिका बारेमा सदनको ध्यानाकर्षण गराए ।

सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा उनले केही पत्रपत्रिकाले नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थितिका विषयमा कुरा उठाएका हुँदा यसतर्फ सांसदको ध्यानाकर्षण गराएका हुन् ।

सभामुख महराले संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको प्रतिनिधि समयमा नै उपस्थित हुन पनि ध्यानाकर्षण गराउँदै आजको निर्धारित समयमा बैठक शुरु गर्न सरकारको उपस्थिति खड्किएको बताए।

यसैगरी उनले नीति तथा कार्यक्रममाथि आफ्नो भनाइ राख्ने सांसदले निर्धारित सयमभित्र आफ्नो भनाइ राख्न ध्यानाकर्षण समेत गराए ।
रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top