×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरकार र थरुहट संघर्ष समितिबीच वार्ता सुरू

१७ चैत्र २०७७

१७ चैत, काठमाडौँ । थारू कल्याणकारिणी सभासहित आन्दोलनरत् थरुहट संघर्ष समिति र सरकारबीच वार्ता सुरू भएको छ।

समाजवादी पार्टीका सांसद रेशम चौधरीको रिहाइलगायतका मुद्दामा वार्ता गर्न संघर्ष समिति र सरकारी वार्ता टोलीबीच गृह मन्त्रालयमा मंगलबार दिउँसो वार्ता सुरू भएको हो।

कल्याणकारिणी सभाका पदाधिकारी, गृहमन्त्री रामबहादुर थापा ’बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईबीच वार्ता सुरू भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए।

गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन भएको थियो।

सभाले १९ बुँदे माग सरकारसँग राखेको छ। सो माग पूरा भए समाजवादी पार्टीले प्रधानमन्त्री केपी ओलीसँग सत्ता साझेदारी गर्ने सम्भावना बलियो छ।

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पूर्वसासंद भगवती चौधरी सदस्य छन्।

कल्याणकारी सभा, थारुहट/थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेको वार्ता टोली छ।

टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी, सांसद रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता गरिनु पर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरूलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्नेसहितका १९ बुँदे माग राखेर उनीहरू आन्दोलनमा छन्।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top