×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सवारीसहितको अटो खोलाले बगायो

१९ श्रावण २०८१

१९ साउन,  काठमाण्डौ।

दाङको तुलसीपुरमा सवारीसहितको अटो रिक्सा खोलाले बगाएको छ । जसमा परि बेपत्ता भएका दुई जनामध्ये एक महिलाको शव फेला परेको छ । तुलसीपुर–४ खाद्रे निवासी ५५ वर्षीया सीता आले तुलसीपुर–१५ ग्वारखोलामा मृत भेटिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार तुलसीपुर बजारबाट खाद्रेतर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटो रिक्सालाई तुलसीपुर–४ मा रहेको बेचनी खोलाले हिजो साँझ सवा ८ बजेको समयमा बगाएको थियो ।

सोही अटोमा रहेका ५ जना मध्ये अन्य ३ जना खोलाबाट बाहिर निस्कन सफल भए पनि सीतासहित दुई जनालाई खोलाले बगाएको थियो । उनको शव आज बिहान ७ बजेको समयमा फेला परेको र मृतकका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ । घटनामा बेपत्ता रहेकी सुर्खेत घर भई अहिले खाद्रे बस्दे आएकी १६ वर्षीया मन्जु खड्काको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी शुक्रबार राति नै तुलसीपुरबाट बिजौरीतर्फ गइरहेको रा १ ह २३५७ नम्बरको अटोलाई तुलसीपुर–७ पर्सेनीस्थित काला खोलाले बगाएर चालक पर्सेनी निवासी दुर्गाबहादुर पुन घाइते भएका छन् । उनलाई अटोसहित १ सय मिटर तल बगाएकोमा उद्धार गरिएको हो । घाइते पुनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उता रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ ।

पहिरोमा घरसँगै पुरिँदै बेपत्ता रहेका हजुरआमा र नातिनी दुवै जनाको शव भेटिएको छ । सिउरी पहिरोमा परेका मध्ये झन्डै ७० वर्षीया बसुना सुनारको शव शनिबार बिहान पहिला फेला परेको हो । पहिरो पन्छाउने क्रममा उनी नातिनी मायाको शव पनि फेला परेको रोल्पा प्रहरीले जनाएको छ । जिल्लाको सुनछहरी गाउँपालिका– ४ कामी डाँडामा २४ वर्षीय देउसिंह कामीको घर पहिरोले पुर्दा उनकी आमा र छोरी बेपत्ता भएका थिए ।

शुक्रबार राति माथिबाट झरेको पहिरोका कारण देउसिंहको एक तले कच्ची घर पुरिएको थियो । शुक्रबार देउसिंह र उनकी श्रीमती भने घरमा थिएनन् । उनीहरू कामको शिलशिलामा बाहिर रहेका कारण जोगिएको प्रहरीले जनाएको छ । यसबीच आज पनि देशका केही जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना रहेको छ । इलाम, झापा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भएर बग्ने नदी तथा खोलामा आज आकस्मिक बाढीको जोखिम रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने विभागले जनाएको छ । यस्तै अहिले कोशी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले दिउँसो कोशी,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा दिउँसो भारी वर्षाका साथै कोशी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ । राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top