×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सांसद देवकाे प्रश्न : पार्टीभित्र समस्या भयो भन्दैमा संसदमाथि आक्रमण गर्ने ?

१७ पुष २०७७

१७ पुस, काठमाडौँ ।

कांग्रेस सांसद जितेन्द्र देवले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई राजनीतिक दुर्घटनाको विन्दुमा पुर्‍याएको आरोप लगाएका छन् । शुक्रबारबाट सुरु भएको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद देवले  पार्टीभित्र समस्यामा परेपछि प्रधानमन्त्रीले जननिर्वाचित निकाय संसदमाथि आक्रमण गरेको बताएका हुन् ।

तपाईलाई पार्टीभित्र समस्या भयो, तपाईलाई पार्टीभित्र कसैले काम गर्न दिएन । यो देशको समस्या होइन, यो तपाईको समस्या हो’ उनले भने, ‘कि त तपाईले पार्टीभित्र विश्वास कायम गर्न सक्नुप¥यो, कित अल्पमतमा परेपछि राजीनामा दिएर अर्को नेता बनाउनुप¥यो । तपाई पार्टीभित्र समस्यामा पर्ने अनि पार्लियामेन्ट (संसद) मा आक्रमण गर्ने ? देशलाई खाल्डोमा जाकिदिने ?’

उनले देश असाध्यै जटिल अवस्थामा प्रवेश गरेको र यहाँबाट उद्धार हुन्छ कि हुँदैन भन्ने गम्भीर चिन्ता उत्पन्न भएको बताए । ‘देशको राजनीति कुइरोको कागजस्तो भएको छ । कालो तुँवालोभित्र उडेको काग जस्तो छ । उडेको छ तर, दिग्भ्रमित छ,’ उनले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि भन्ने गम्भीर चिन्ता जन्मिएको सांसद देवले बताए । उनले भने, ‘नेपाली राजनीति विशिष्ट अवस्था छ । जनताको ठूलो त्याग र बलिदान र विभिन्न खालका आन्दोलनहरुको एकीकृत उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि, समाप्त हुने हो कि भन्ने लक्षण आकाशमा मडारिहका छन् । यस्तो बेला अग्रमनका लागि लडेका शक्तिहरु चिन्तित हुनुपर्ने हो ।’

अहिलेको संविधान बनाउने व्यक्तिमध्ये आफू पनि एक भएको भन्दै उनले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको बताए । राजनीतिक स्थायित्वका लागि संविधान बनाउने बेला सरकार गठनका विभिन्न विकल्प राखिएको तर त्यता नगई प्रधानमन्त्रीले संसद् विघटन गरेको भन्दै उनले आपत्ति जनाए । संविधानले प्रधानमन्त्रीको सर्वोच्चता नभई संसदीय सर्वोच्चता स्थापित गरेको बताए । उनले मध्यावधि निर्वाचनको घोषणा गरेको भए पनि कोभिड र आर्थिक अवस्थाका कारण कसरी चुनाव हुन्छ भन्ने प्रश्न उठाए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top