×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सामाजिक विकृति अन्त्य गर्ने संस्था चाहिएः माधव नेपाल

१२ आश्विन २०७६

१२ असोज, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान विकृतिको अन्त्य हुनेगरी सामाजिक संघ, संस्थाहरुको स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । वरिष्ठ नेता नेपालले नेपालमा अझै पनि महिला हिंसा, बालविवाह, जातीय छुवाछुतजस्ता सामाजिक विकृति र विसंगति कायमै रहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि सामाजिक संस्थाहरुको स्थापना गरी अघि बढनुपर्नेमा जोड दिए ।

सामाजिक विकृतिविरुद्ध जनचेतना फैल्याउने तथा त्यसको अन्त्यका लागि सरकारलाई खवरदारी गरिरहन पनि सामाजिक संस्थाहरुको स्थापनाको जरुरी रहेको नेता नेपालको भनाई थियो । राष्ट्रिय दलित पत्रकार संघले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले जातिय छुवाछुत तथा सामाजिक विकृतिको अन्त्य गर्ने कुनै पनि अभियानमा आफ्नो पार्टीको सदा साथ रहने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समाजमा पिछडिएका क्षेत्रको उत्थानका लागि नेपाल पत्रकार महासंघले पनि सरकारलाई दवाब दिने प्रतिवद्धता व्यक्त गरे । उनले समाजमा हुने कुनै पनि खालको विकृति अन्त्यका लागि कडा निगरानी राख्ने काममा पनि संचार क्षेत्र क्रियाशील रहने बताए । अध्यक्ष आचार्यले समाजको सबै क्षेत्रमा हुने विभेद अन्त्यका लागि नेपालका संचार क्षेत्रले उल्लेख्य योगदान पु¥याउँदै आएको दावी पनि गरे ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top