×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सामाजिक संस्था हातेमालेको शाखा अब कटहरीमा पनि

४ आश्विन २०७६

४ असोज, विराटनगर ।

बिगत २ वर्ष देखि बिराटनगरलाई मुख्य केन्द्र बनाएर सामाजिक काम गर्दै आईरहेको सामाजिक संस्था परिवर्तनका लागि हातेमालोले मोरङको कटहरी गाँउपालिकामा पनि शाखा विस्तार गरेको छ ।

प्रदेश १ का सांसद बिजयकुमार बिश्वासले शाखाको उद्घाटन गरेका छन् । कार्यक्रममा कटहरी गाँउपालिकाका अध्यक्ष रामकुमार कामत, स्थानीय समाजसेवी मृत्युन्जय झा, सस्थाका केन्द्रीय अध्यक्ष विनोद परियार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सांसद बिश्वासले समाज परिवर्तनमा हातेमालोले खेलेको भूमिका अत्यन्तै उदाहरणीय रहेको बताए । उनले समाजसेवाको अभियानले गाँउका युवाहरुलाई विभिन्न विकृति बिसंगतिबाट जोगाउने बताए । अहिलेका युवाहरु प्राय लागुऔषध दुव्र्यवसनीमा लागेको र यस्ता संस्थाले ती युवाहरुलाई पनि जोगाएको उनले बताए ।

संस्थाका अध्यक्ष परियारले परिवर्तनका लागि हातेमालो कुनै दल, धर्म, रंग विशेष नरहेको भन्दै संस्थामा सम्पूर्ण समाजप्रेमी जनसमुदायको सहभागिता रहेका ेउल्लेख गरे । आगामी दिनमा १ नं प्रदेश भरिनै शाखा खोलिने र सवैतिरवाट समाज परिवर्तनमा क्रान्ति ल्याउने उनले योजना समेत सुनाए ।

शाखा कार्यालय कटहरीले बिगत ३९ औ हप्ता देखिनै सरसफाई लगायतका जनचेतनाका निम्ति सांकेतिक भित्ते चित्रहरु बनाउदै आएको छ । कटहरी शाखाले त्यस क्षेत्रका सडकमा रहेका खाल्डाखुल्डी समेत आफनै सक्रियतामा पुरेको थियो ।

आउदा दिनमा पनि समाज र सामाजिक क्षेत्रमा यसरी नै युवाहरुलाई प्रेरित गर्ने कटहरी शाखा अध्यक्ष संजित साहले बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top