×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सिइडिबी हाइड्रोको आइपिओ बाँडफाँट

३१ बैशाख २०७८

३१ बैशाख, काठमाडौं ।

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज भर्चुअल माध्यमबाट आइपिओ बाँडफाँट गरेको हो ।

कम्पनीले यही वैशाख १७ देखि २१ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा १७ लाख ३३ हजार ९४९ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १६ लाख ८५ हजार ६२७ जनाको आवेदन योग्य भएको बिक्री प्रबन्धक सनराइज क्यापिटकले जनाएको छ ।

आवेदन दिएकामध्ये चार हजार ४४२ जनाको आवेदन रद्द भएको छ । त्यस्तै कूल आवेदकमध्ये १४ लाख तीन हजार ४६४ आवेदकको हात खाली भएको क्यापिटलले जनाएको छ ।

सोह« लाख ८५ हजार ६२७ जनालाई गोलाप्रथामा सहभागी गराई दुई लाख ३४ हजार १९५ जनाले शेयर १० कित्ताका दरले पाएका छन् । दुई लाख ३४ हजार १९५ जनामध्ये चार जनाले भने ११ कित्ता शेयर पाएका छन् ।

कम्पनीले रु २५ करोड १८ लाख २३ हजार बराबरका २५ लाख १८ हजार २३० कित्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

त्यसमा दुई प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् एक लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी २३ लाख ४१ हजार ९५४ कित्ता अन्य सर्वसाधारणमा बाँडफाँट गरिएको थियो ।

आइपिओको नतिजा मेरोशेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top