×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सीमा सुरक्षार्थ १० हजार जनशक्ति अझै अपुग

१४ कार्तिक २०७७

काठमाडौँ: नेपाल–भारत तथा नेपाल–चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा आउट पोष्ट (बीओपी) कार्यालयको सङ्ख्या १७७ पुगेको छ । अझै २२१ वटा बीओपी अत्यावश्यक रहेको सशस्त्र प्रहरीको भनाइ छ । यसका लागि सरकारको योजना कार्यान्वयनका लागि अझै १० हजार जनशक्ति अभाव रहेको सुरक्षा अधिकारीको दाबी छ ।

सीमा सुरक्षा पोष्ट ११ देखि १५ किलोमिटरको दूरीमा छन् । बीओपीको स्थापना देशको सीमा सुरक्षासँग जोडिएकाले प्रभावकारी परिचालन, उचित बन्दोबस्ती र स्थायी संरचनासँगै पर्याप्त जनशक्तिको आवश्यकता रहेको छ । सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालले भन्नुभयो, ‘‘सीमा सुरक्षाका लागि अझै १० हजार जनशक्ति अपुग छ, छिमेकी देशको तुलनामा हाम्रो उपस्थिति निकै कमजोर छ । नेपालसँगको सीमा क्षेत्रमा भारतले ५३० वटा सीमा सुरक्षा कार्यालय सञ्चालनमा ल्याएको छ। ’’

सुरक्षा पोष्टको सङ्ख्या भने थप्ने क्रम जारी छ । नेपाल–चीन सीमा क्षेत्र सङ्खुवासभाको किमाथाङ्का र मुस्ताङको कोरोला नाकामा केही हप्ताअघि नयाँ ‘बीओपी’ स्थापना भएसँगै सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टको सङ्ख्या यति पुगेको हो ।

सीमा सुरक्षा पोष्टको स्थापनाले नेपालको सीमा अतिक्रमण रोक्न तथा अपराध गतिविधि नियन्त्रण गर्न र शान्तिसुरक्षा कायम राख्न सशस्त्र प्रहरीको उपस्थिति प्रभावकारी बन्दै गएको दाबी सुरक्षा अधिकारीको छ ।

सशस्त्र प्रहरी बलका अनुसार, १७७ मध्ये सातवटा नयाँ बीओपी चीन सीमा क्षेत्रसँग र बाँकी भारत सीमा नाका क्षेत्रमा रहेका छन् । सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालका अनुसार, बीओपीको सङ्ख्या पाँच सयसम्म पु¥याउने योजना छ । तीमध्ये कम्तीमा २२१ वटा स्थापना गरेमा सीमा क्षेत्रको धेरै समस्या समाधान हुन्छ । सीमा स्तम्भ र सीमा भूमि सुरक्षामा सहयोग पुग्नेछ ।

भारतसँग सीमा जोडिएको क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टको स्थापनाले दुई देशबीचको सीमा अतिक्रमण, अवैध तस्करी, लागू औषध तथा अन्य आपराधिक गतिविधिमा पूर्ण नियन्त्रण आउने दाबी उहाँको छ । हाल, प्रदेश–२ मा ५७, प्रदेश–१ मा ३६, लुम्बिनी प्रदेशमा ३५, सुदूरपश्चिम प्रदेशमा ३८, बागमती प्रदेशमा आठ, गण्डकी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक गरी एक सय ७७ सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट सञ्चालनमा छन् ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top