×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्वदेश फिर्तीका लागि हस्तक्षेप गर्न ट्रम्पलाई भुटानी शरणार्थीको पत्र

९ आश्विन २०७६

९ असोज, काठमाडौं । भुटानी शरणार्थीहरुले आफूहरुलाई स्वदेश फिर्ताका लागि सहयोग गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आग्रह गरेका छन् । भुटानी शरणार्थी स्वदेश फिर्ता समितिले आफूहरुलाई स्वदेश फिर्तीका लागि हस्तक्षेप गर्न अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र लेखी आग्रह गरेको हो ।

समितिका अध्यक्ष भम्पा राईले लेखेको पत्रमा ‘यो काम अमेरिकाको हस्तक्षेप विना सम्भव होलाजस्तो लाग्दैन’, भनिएको छ । धेरै भुटानी शरणार्थी अहिले पनि शिविरमा बसिरहेको भन्दै उनले अरु देशका नागरिकले जस्तै भुटानी शरणाार्थी पनि आफ्नो देश फर्कन पाउने अधिकार प्राप्तीको प्रतीक्षामा रहेको उल्लेख गरेका छन् ।

तर आफूहरुको माग अमेरिकाको हस्तक्षेपविना पूरा हुन नसक्ने उनले उल्लेख गरेका छन् । साढे दुई दशकदेखि अन्तर्रा्ष्ट्रिय रुपमा समस्याको रुपमा देखिएको यो समस्या समाधान गर्न राईले ट्रम्पसँग आग्रह गरेका छन् ।

सरकारले देश निकाला गरेका धेरै व्यक्ति अमेरिकामा पुनर्बासका लागि गए पनि अझै घर फिर्तीको प्रतीक्षामा ठूलै समूह रहेको बताएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top