×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हङकङविरुद्ध खेल रद्द भएसँगै नेपाल बाहिरियो

२ असार २०८०

२ असार, एजेन्सी ।
एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा वर्षाको कारण हङकङ र नेपालबीचको खेल रद्द भएको छ । वर्षाको कारण खेल हुन नसकेपछि दुवै टोलीले १–१ अंक बाँडेका थिए । नेपालको खेल रद्द हुँदा समूह ए बाट भारत र पाकिस्तान एक खेल अगावै सेमिफाइनलमा पुगेका छन् । नेपाल भने तेस्रो स्थानमा रहँदै बाहिरिएको छ ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो । भारतसँग भने वर्षाकै कारण अंक बाँड्नु परेको थियो । नेपाल ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै २ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । भारत र पाकिस्तान भने समान दुई खेलमा एक मा जित र एक खेलमा अंक बाँड्दै ३–३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् । अव केहि समयमा भारत र पाकिस्तानबीच खेल हुँदैछ ।

जसबाट समूह विजेता र उपविजेता निर्धारण हुनेछ । हङकङ भने ३ खेलमा २ अंकका साथ पुछारमा रहेर बाहिरियो । समूह बी मा बंगलादेश ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगि सकेको छ । श्रीलंका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ ।

सेमिफाइनलमा श्रीलंकाले समूह ए को विजेता र बंगलोदशले समूह ए को उपविजेतासँग खेल्नेछ । समूह बी मा युएई ३ खेलमा समान १ मा जित, नजिता विहीन र हारका साथ ३ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । मलेसिया भने ३ खेलमा २ मा हार र १ खेलमा नतिजा विहीन हुँदै बाहिरियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top