×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

९ नेपालीसहित एक सय विदेशी कामदार मलेसियामा पक्राउ

एजेन्सी, माघ २५
मलेसियामा ९ जना नेपालीसहित एक सय जना विदेशी कामदार पक्राउ परेका छन् । अवैधानिक रुपमा काम गरिरहेका, कागजात नभएका र सम्झौता अवधि सकिएपछि पनि काम गरिरहेका विदेशी कामदारलाई मलेसियाको अध्यागमन विभागले पक्रिएको हो ।

पक्राउ पर्नेमा ९ जना नेपाली, ६८ जना बंगलादेशी, ३६ जना इण्डोनेसियन र ७ जना म्यानमारका नागरिक रहेको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुमध्ये केहीसँग कागजात नभएको र केही सम्झौता अवधिभन्दा धेरै बसेको पाइएपछि पक्राउ गरिएको समाचारमा उल्लेख छ । बिहीबार सिटी सेन्टरमा अध्यागमका कर्मचारीले जाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।

कानुन उल्लङघन गर्नेहरु विरुद्ध कारवाही गरिने मलेसियाको अध्यागमन विभागले जनाएको छ । विभागले देशमा अवैधानिक रुपमा रहेका कामदारहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको भन्दै यो क्रमलाई निरन्तरता दिने पनि बताएको छ ।

मलेसियामा आफ्नो देशमा अवैधानिक रुपमा रहेका कामदारलाई वैधानिक बन्न वा देश फर्किन दुई पटक मौका दिएको थियो । त्यसपछि वैधानिक नबनेका कामदारलाई पक्राउ गर्ने अभियान सुरु गरेको हो । गएको जनवरी महिनामा ५ हजार ९१ जना अवैधानिक कामदार र उनीहरुलाई काम दिने ८३ जना रोजगारदातालाई पक्राउ गरिएको अध्यागमन विभागको भनाई छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top