प्रतिकेजी ३५ रुपैयाँले सस्तियो कुखुराको मासु

२२ असोज ७७, बिहीबार
Share this
768shares

२२ आश्विन, काठमाडौं ।
कुखुराको मासुको मूल्य पुनः ओह्रालो लागेको छ।

Advertisement

उत्पादन धेरै र खपत कम हुन थालेपछि मूल्य प्रतिकेजी ३५ रुपैयाँले घटेको हो। दसैंमा बिक्री हुने भन्दै व्यवसायीले खोरमा धेरै कुखुरा तयार पारेर बजारमा पठाउन थाल्दा मागभन्दा आपूर्ति बढी भएर मासुको मूल्य पुनः घट्न थालेको हो।

पोल्ट्री संघले बजारमा लागू हुनेगरी कुखुराको मासुमा किलोको ३५ रुपैयाँ कम गरेको संघका अध्यक्ष जंगबहादुर बीसीले बताए। बजार बिग्रिने अवस्थामा मूल्यमा सन्तुलन मिलाउने प्रयास संघले गर्ने गरेको छ।

Advertisement

हाल बजारमा जिउँदो कुखुराको किसान मूल्य प्रतिकेजी एक सय ५० रुपैयाँ र मासु उपभोक्ता मूल्य दुई सय २० रुपैयाँ कायम गरिएको छ। मासु खपत कम हुँदा कतिपय खुद्रा ब्यापारीहरुले किलोको २ सय रुपैयाँमै मासु बेच्न थालेका छन्।

गत साता जिउँदो कुखुरा प्रतिकेजी एक सय ६० रुपैयाँ र मासु प्रतिकेजी दुई सय ५५ रुपैयाँसम्म पुगेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top